काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाल प्रिमियर लिग (एनपीएल) सहित नेपाली क्रिकेटको रोडम्याप प्रस्तुत गरेका छन् ।
खड्काले सिंगापुरमा जारी आईसीसीको वार्षिक सम्मेलनमा एनपीएलको पहिलो सिजनको सफलतासहित नेपाली क्रिकेटको वर्तमान र भविष्यको योजना बारे प्रस्तुति दिएको जानकारी गराएका छन् ।
सचिव खड्काले प्रस्तुतिबारे जानकारी दिँदै भनेका छन्- ‘नेपाल क्रिकेट संघ (क्यान)को तर्फबाट हामीले गत वर्ष गरेको एनपीएलले पारेको प्रभाव र पूर्ण क्रिकेट राष्ट्र बन्ने दिशामा हामीले गरिरहेको प्रगति प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई धन्यवाद दिन चाहन्छौँ ।’
सचिव खड्काले प्रस्तुतिमा नेपालमा क्रिकेटको लोकप्रियता, सरकारले गरेको लगानी, क्रिकेटमा भएको प्रगति, आइसीसी प्रतियोगितामा नेपालले पाइरहेको सफलतासहित क्यानले नेपाली क्रिकेटलाई अगाडी बढाउन गरेको प्रयासलाई प्रस्तुत गरेका थिए ।
उनले नेपाललाई टेस्ट खेल्ने देशतर्फ उन्मुख गराउन रातो बल क्रिकेटको शुरुवात गरेको, घरेलु प्रतियोगितालाई प्राथमिकता दिएको लगायतका विषय आइसीसीलाई जानकारी गराएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
