काठमाडौं । मौसम विभाग अन्तर्गतको बाढी पुर्वानुमान महाशाखाले आज देशभर वर्षा हुने भन्दै विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै देशकार अधिकांश सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको भन्दै ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको हो ।
आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बागलुग, लमजुङ, गोरखा, सल्यान, सुर्खेत र दैलेखमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च सम्भावना’ औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
त्यस्तै सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालीकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी र डडेलधुरा भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
