
काठमाडौँ । भारत र पाकिस्तानबीच हुने विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सको खेल रद्द गरिएको छ । भारतीय खेलाडीहरूले आफ्नो नाम फिर्ता लिएपछि आयोजकहरूले यो निर्णय लिएका हुन् । विश्व च्याम्पियनसिप अफ लेजेन्ड्सले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै खेल नहुने जानकारी दिएको हो ।
भारतीय खेलाडीहरु शिखर धवन, सुरेश रैना र हरभजन सिंह जस्ता अनुभवी खेलाडीहरूले यो खेल बहिष्कार गरेपछि खेल स्थगित भएको बताइएको छ ।
शिखर धवनले यस विषयमा जानकारी दिदै आफुले पाकिस्तानविरुद्धका कुनै पनि खेल नखेल्ने स्पष्ट गरेका छन् ।
भारत-पाकिस्तानबीचको यो खेललाई लिएर सामाजिक सञ्जालमा धेरै आक्रोश समेत व्यक्त भएको थियो । अन्ततः आयोजकहरूले यसलाई रद्द गर्ने निर्णय गरे । यो प्रतियोगितामा युवराज सिंहको नेतृत्वमा रहेको टोलीको पहिलो खेल थियो। भारतीय टोलीमा शिखर धवन, सुरेश रैना, रोबिन उथप्पा र अम्बाती रायडु जस्ता ब्याट्सम्यानहरू रहेका थिए ।
Sudina Shrestha
प्रकाशित: ५ श्रावण २०८२, आईतवार ११:०१
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
