काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा ९एमाले० सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रवार नेपाल राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
‘हालको परिस्थितिमा नेकपा ९एमाले० सँग एकताको कुनै सम्भावना छैन। हामीले त्यहाँको अवस्था स्पष्ट देखेका छौँ। यदि कसैलाई एकताको आशा वा अपेक्षा छ भने, मसँग भन्नु केही छैन,’ उनले भने । नेपालले एमालेको आन्तरिक अवस्थाबारे आफू जानकार रहेको उल्लेख गर्दै एकताको भ्रम नपाल्न आग्रह गरे ।
उनले कम्युनिस्टहरू बिग्रँदा नराम्रो परिणाम निम्तिने बताउँदै यस्तो अवस्था आफूले हाल देखिरहेको उल्लेख गरे । ‘कम्युनिस्टहरू बिग्रँदा धेरै नकारात्मक प्रभाव पर्छ । हामी चाहन्छौँ, सबै सुध्रिन र सही बाटोमा अघि बढुन् । विगतमा भएका कमजोरीहरू सच्याएर, आत्मसमीक्षा गरेर र गल्ती स्विकार्ने साहस देखाएर अघि बढ्नुपर्छ,’ उनले भने ।
उनले गल्ती गर्नेहरूले आफ्ना कमीकमजोरीलाई स्वीकार गरी सुधार गर्नुपर्नेमा जोड दिए । साथै, आफ्नो पार्टी कसैप्रति पूर्वाग्रह नराख्ने पनि प्रस्ट्याए । अध्यक्ष नेपालले नेकपा (एमाले)ले आफ्नो पार्टीलाई कमजोर बनाउन प्रयास गरिरहेको आरोप लगाए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
