
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा ९एमाले० सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रवार नेपाल राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
‘हालको परिस्थितिमा नेकपा ९एमाले० सँग एकताको कुनै सम्भावना छैन। हामीले त्यहाँको अवस्था स्पष्ट देखेका छौँ। यदि कसैलाई एकताको आशा वा अपेक्षा छ भने, मसँग भन्नु केही छैन,’ उनले भने । नेपालले एमालेको आन्तरिक अवस्थाबारे आफू जानकार रहेको उल्लेख गर्दै एकताको भ्रम नपाल्न आग्रह गरे ।
उनले कम्युनिस्टहरू बिग्रँदा नराम्रो परिणाम निम्तिने बताउँदै यस्तो अवस्था आफूले हाल देखिरहेको उल्लेख गरे । ‘कम्युनिस्टहरू बिग्रँदा धेरै नकारात्मक प्रभाव पर्छ । हामी चाहन्छौँ, सबै सुध्रिन र सही बाटोमा अघि बढुन् । विगतमा भएका कमजोरीहरू सच्याएर, आत्मसमीक्षा गरेर र गल्ती स्विकार्ने साहस देखाएर अघि बढ्नुपर्छ,’ उनले भने ।
उनले गल्ती गर्नेहरूले आफ्ना कमीकमजोरीलाई स्वीकार गरी सुधार गर्नुपर्नेमा जोड दिए । साथै, आफ्नो पार्टी कसैप्रति पूर्वाग्रह नराख्ने पनि प्रस्ट्याए । अध्यक्ष नेपालले नेकपा (एमाले)ले आफ्नो पार्टीलाई कमजोर बनाउन प्रयास गरिरहेको आरोप लगाए ।
Sudina Shrestha
प्रकाशित: ३ श्रावण २०८२, शुक्रबार १८:४९
२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध
मौसम पूर्वानुमान: आज देशभर बदली हुने

एमालेको प्रस्तावित विधान पोलिटब्युरोबाट सर्वसम्मत स्वीकृत

विपतबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनालाई पालना गर्न प्रधानमन्त्रीको अपिल

२०८२ साउन ०४ गते आइतबारस् आजको राशिफल
