
सुर्खेत । बीरेन्द्रनगर नगरपालिका-८ बाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउण्ड, जरायोको सिङ १ थान, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बिधानको घर तलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
pratikshya
प्रकाशित: ३ श्रावण २०८२, शुक्रबार १४:४३
२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध
मौसम पूर्वानुमान: आज देशभर बदली हुने

एमालेको प्रस्तावित विधान पोलिटब्युरोबाट सर्वसम्मत स्वीकृत

विपतबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनालाई पालना गर्न प्रधानमन्त्रीको अपिल

२०८२ साउन ०४ गते आइतबारस् आजको राशिफल
