डडेलधुरा । आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका-३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
करनले बिहीबार राति हँसिया प्रहार गरी खिमाको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रूपन्देही, सियारी गाउँपालिका-३ कुरमार बस्ने २८ वर्षीय नागेश्वर चौधरीको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-८ गठुवा बस्ने २४ वर्षीय पाहलद थारूलाई प्रहरीले पक्राउ गरेको छ । पाहलदले बुधबार कुटपिट गर्दा नागेश्वर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका नागेश्वरको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
pratikshya
प्रकाशित: ३ श्रावण २०८२, शुक्रबार १४:१७
२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध

मौसम पूर्वानुमान: आज देशभर बदली हुने

एमालेको प्रस्तावित विधान पोलिटब्युरोबाट सर्वसम्मत स्वीकृत

विपतबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनालाई पालना गर्न प्रधानमन्त्रीको अपिल

२०८२ साउन ०४ गते आइतबारस् आजको राशिफल
