काठमाडौं । संघीय सरकारको सञ्चित कोष २ खर्ब ४ अर्ब रुपैयाँले घाटामा गएको छ । सरकारले राजस्व, अनुदान तथा आन्तरिक र बाह्य ऋण लिएर प्राप्त गरेको रकमभन्दा बढी रकम खर्च गरेकाले सञ्चित कोष घाटामा गएको हो ।
संघीय सरकारको खातामा राजस्व, ऋण र अनुदानको पैसा नभए पनि धरौटी खाता, विभिन्न कोषमा पैसा भएकाले ओं रकमका आधारमा अर्थ मन्त्रालयले विभिन्न खर्चको भुक्तानी गरिरहेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा सरकारको सञ्चित कोष २ खर्ब २४ अर्ब ९९ करोडले घाटामा थियो । चालू आर्थिक वर्षको अन्त्य सम्म २० अर्ब कम हुदै २ खर्ब ४ अर्ब भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
आर्थिक बर्ष २०८१/८२ मा ११.३३ प्रतिशत बढी राजश्व संकलन भएपछि सरकारको सञ्चित कोषमा सुधार आएको देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ थियो भने आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो ।
सरकारले अब २०८२/८३ मा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
