काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतंकवादी संगठन’ घोषणा गर्ने अमेरिकी निर्णयको स्वागत गरेका छन् ।
विदेशमन्त्री एस जयशंकरले यस निर्णयको लागि अमेरिकी विदेश विभाग र विदेशमन्त्री मार्को रुबियोको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल लेखेका छन्- ‘यो आतंकवादविरुद्ध भारत र अमेरिका बीचको बलियो सहयोगको प्रमाण हो ।’
अमेरिकी विदेश विभागले टीआरएफलाई ‘विदेशी आतंकवादी संगठन’ घोषित गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै टीआरएफ लश्कर-ए-तैयबाको एक मोर्चा भएको जनाउदै विदेशी आतंकवादी संगठन भएको जानकारी दिएको छ । विज्ञप्तिमा लश्कर-ए-तैयबाको एक मोर्चा, टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको र यसमा २६ जना मारिएको उल्लेख छ ।
अमेरिकाले भनेको छ- ‘यो २००८ को मुम्बई आक्रमण पछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो, जुन लश्कर-ए-तैयबाद्वारा गरिएको थियो । टीआरएफले भारतीय सुरक्षा बलहरूमाथि भएका धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ, जसमध्ये सबैभन्दा पछिल्लो २०२४ मा भएको थियो ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
