काठमाडौँ । ३८औं आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोलीको बिदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले ३८औं आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोलीलाई बिदाइ गरेका हुन् ।
जुलाइ २२ देखि २८ तारिखसम्म थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।
आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन, मिजास लामा, सुमित्रा डंगोल र निरु थापा मगर रहेका छन् ।
त्यस्तै अफिसियलमा व्यवस्थापक नेत्रप्रसाद गुरुङ, प्रशिक्षक अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायक मेघराज तोलङगी तथा आईटीओ नेसिर मास्के रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
