
काठमाडौँ । ३८औं आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोलीको बिदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले ३८औं आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोलीलाई बिदाइ गरेका हुन् ।
जुलाइ २२ देखि २८ तारिखसम्म थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।
आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन, मिजास लामा, सुमित्रा डंगोल र निरु थापा मगर रहेका छन् ।
त्यस्तै अफिसियलमा व्यवस्थापक नेत्रप्रसाद गुरुङ, प्रशिक्षक अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायक मेघराज तोलङगी तथा आईटीओ नेसिर मास्के रहेका छन् ।
pratikshya
प्रकाशित: ३ श्रावण २०८२, शुक्रबार १२:२७
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
