
काठमाडौँ । क्यानेडियन फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छिन् ।
उनलाई फुटबल क्लब आर्सनलले एक मिलियन पाउण्ड अर्थात १.३४ मिलियन डलरमा लिभरपुलबाट किनेको हो ।
२० वर्षीया स्मिथले १५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी थिइन् । अब उनले च्याम्पियन्स लिग होल्डर क्लब आर्सनलसँग चार वर्षे सम्झौतामा हस्ताक्षर गरेकी छिन् ।
उनको सम्झौताले जनवरीमा अमेरिकी डिफेन्डर नाओमी गिरमासँग चेल्सीको सम्झौताको रेकर्ड तोडेको छ । चेल्सी क्लबले नाओमीसँग ९ लाख पाउण्डमा सम्झौता गरेको थियो ।
स्मिथले लिभरपुलमा गत सिजनमा २० खेलमा २२ गोल गरेकी थिइन् ।
pratikshya
प्रकाशित: ३ श्रावण २०८२, शुक्रबार १२:२५
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
