काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले विधानमा २५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
विधान मस्यौदा समिति तयारीको जिम्मेवारी पाएका उपाध्यक्ष विष्णु पौडेलले तयार गरेको नयाँ विधानमा २५१ सदस्यीय केन्द्रिय समिति, त्यसको एक तिहाई सदस्यको पोलिटब्युरो र १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था सचिवालय बैठकले पारित गरेको ज्ञवालीले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले नयाँ विधानबाट ७० बर्षे उमेर हद र दुई बर्षे कार्यकालको व्यवस्था हटाएको ज्ञवालीले जानकारी दिए । विहिबारको सचिवालय बैठकले पारित गरेको विधान आज पोलिटब्युरो बैठकमा पेश गरिने भएको छ । पोलिटब्युरो बैठक आज अपराहन्न १ बजे बस्ने भएको छ ।
त्यस्तै विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन बारे पार्टीले छुट्टै छलफल गर्ने ज्ञवालीले जानकारी दिएका छन् । उनले यस विषयले बैठकमा प्रवेश पाएको र यस बारेमा छुट्टै निर्णय गर्ने जानकारी दिए ।
त्यस्तै एमालेको विधानमा रहेको प्रतिनिधि सम्बन्धि व्यवस्थामा कुनै परिवर्तन नगरिएकाले अघिल्लो महाधिवेशनमा प्रतिनिधि रहेकाहरु मात्र विधान महाधिवेशनमा प्रतिनिधि बन्ने भएका छन् । यो पुरानै व्यवस्था पोलिटब्युरो र केन्द्रिय कमिटिले स्वीकृत गरेमा विद्या भण्डारी विधान महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुन नपाउने भएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
