
काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरू सांसदहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ८ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि समितिमा दिएको निवेदन बारे छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान साढे ८ बजे बस्ने पूर्वाधार विकास समितिको काठमाडौं चक्रपथ, कलंकी(महाराजगञ्ज खण्डको डिपिआर बारे छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै आज १२स् १५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोवल बढाउन पछिल्लो समयमा भएका प्रयासहरु बारे छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ३ श्रावण २०८२, शुक्रबार १०:३६
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
