
काठमाडौँ । नेकपा एमालेमा पार्टीको विधानमा नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पदाधिकारी संख्या घटाउनेसहितका नयाँ प्रस्ताव पेश गरेका छन् । विधान मस्यौदा समिति तयारीको जिम्मेवारी पाएका पौडेलले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी संख्या घटाउने प्रस्ताव पेश गरेका छन् ।
एमालेको भदौमा हुने विधान अधिवेशन अघि विधानको व्यवस्थामा छलफल शुरु गरेको छ । ललितपुरको गोदावरीमा २०७८ को असोजमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनले पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद थपेको थियो । अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल रहेका छन् । त्यस्तै एमालेमा ६ जना उपाध्यक्ष छन् ।
पौडेलले प्रस्ताव गरेको नयाँ व्यवस्थामा उपाध्यक्षको संख्या पनि घटाएर तीनमा झार्ने प्रस्ताव गरेका छन् । त्यस्तै हाल तीन उपमहासचिवको संख्या घटाएर एकमा सिमित गर्ने प्रस्ताव गरिएको छ भने सचिव संख्या ७ बाट घटाएर ५ बनाउन प्रस्ताव गरिएको छ ।
हाल एमालेमा १९ पदाधिकारी रहेका छन् भने प्रस्तावित विधानमा ११ को पदाधिकारी रहेको छ । सचिवालयमा पुगेको प्रस्तावित विधान शुक्रबार बस्ने पोलिटब्युरो र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा थप छलफल गर्ने बताइएको छ ।
Sudina Shrestha
प्रकाशित: ३ श्रावण २०८२, शुक्रबार ०९:०१
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
