काठमाडौँ । नेकपा एमालेमा पार्टीको विधानमा नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पदाधिकारी संख्या घटाउनेसहितका नयाँ प्रस्ताव पेश गरेका छन् । विधान मस्यौदा समिति तयारीको जिम्मेवारी पाएका पौडेलले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी संख्या घटाउने प्रस्ताव पेश गरेका छन् ।
एमालेको भदौमा हुने विधान अधिवेशन अघि विधानको व्यवस्थामा छलफल शुरु गरेको छ । ललितपुरको गोदावरीमा २०७८ को असोजमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनले पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद थपेको थियो । अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल रहेका छन् । त्यस्तै एमालेमा ६ जना उपाध्यक्ष छन् ।
पौडेलले प्रस्ताव गरेको नयाँ व्यवस्थामा उपाध्यक्षको संख्या पनि घटाएर तीनमा झार्ने प्रस्ताव गरेका छन् । त्यस्तै हाल तीन उपमहासचिवको संख्या घटाएर एकमा सिमित गर्ने प्रस्ताव गरिएको छ भने सचिव संख्या ७ बाट घटाएर ५ बनाउन प्रस्ताव गरिएको छ ।
हाल एमालेमा १९ पदाधिकारी रहेका छन् भने प्रस्तावित विधानमा ११ को पदाधिकारी रहेको छ । सचिवालयमा पुगेको प्रस्तावित विधान शुक्रबार बस्ने पोलिटब्युरो र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा थप छलफल गर्ने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
