एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक, केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा शुरु भएको छ । 

बैठकमा साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी बारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिएका छन् ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विद्यान महाधिवेशन गर्दैछ । विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमाले भित्र तिब्र बहस शुरु भएको छ ।

pratikshya

प्रकाशित: २ श्रावण २०८२, बिहीबार १४:३७