काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबबाट खेल्ने भएकी छन् ।
साम्बाले अस्ट्रेलियाको प्रिमियर वुमन लिग निन्जा ए लिग खेल्न वेलिंगटन फिनिक्स फुटबल क्लबसँग दुई बर्षको सम्झौता गरेकी हुन् । क्लबले साम्बालाई दुई बर्षका लागि अनुबन्ध गरेको जानकारी दिएको छ ।
साम्बालाई अनुबन्ध गरेपछि फिनिक्सका अन्तरिम मुख्य प्रशिक्षक एमी शेफर्डले असाधारण क्षमताको प्रमाणित गोल स्कोररलाई अनुबन्ध गरेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्- ‘हामी साबित्रालाई फिनिक्स ह्वानाउमा स्वागत गर्न पाउँदा गर्व गर्छौं र उनले मैदान भित्र र बाहिर दुवैमा पार्ने प्रभावको लागि तत्पर छौं ।’
गत सिजनमा वेलिंगटन फिनिक्स लिगमा नवौं स्थानमा रहेको थियो । फिनिक्सले पछिल्लो चार सिजन देखि अस्ट्रेलियाको प्रिमियर वुमन लिग खेलिरहेको छ ।
यसअघि साम्बाले दुई सिजन फ्रान्सको ए डिभिजन वुमन लिगमा इए गुइङ्ग्याम्पबाट खेलेकी थिइन् । साम्बाले गुइङ्ग्याम्पबाट अलग भएकोप्रति भनेकी छन्- हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद । हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ । हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु । जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ ।
साम्बाले गुइङ्ग्याम्पमा दुई सिजनमा २९ खेलमा ७ गोल गरेकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-17
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
