काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घुस प्रकरणको अडियो बाहिर आएकोमा बिचौलिया सुजन लामालाई धन्यवाद दिएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जालमा लेख्दै अडियो सार्वजनिक गरेकोमा लामालाई धन्यवाद दिएका हुन् ।
उनले घुस अडियो काण्डका विचौलिया सुजन लामा नभएका भए भुमि ब्यवस्थामन्त्री बलराम अधिकारी (एमाले, कपिलबस्तु १), सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता (एमाले पर्सा ३) र पूर्वमन्त्री रन्जिता श्रेष्ठ (नाउपा, कैलाली १) हरुलाई आरोप लाग्ने नै नलाग्ने बताएका छन् ।
उनले भनेका छन्-
घुस अडियो काण्डका विचौलिया सुजन लामा नभएका भए, भुमि ब्यवस्था मन्त्री बलराम अधिकारी(एमाले, कपिलबस्तु १), सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता (एमाले पर्सा ३), पूर्व मन्त्री रन्जिता श्रेष्ठ(नाउपा, कैलाली १)हरुलाई आरोप लाग्ने नै थिएन नी । खासमा यो घुस काण्डमा एमाले सरकारले विचौलिया सुजन लामालाई सबै दोष दिदा हुन्छ । उनैले यो अडियो सार्वजनिक गरे जस्तो छ । फोन कल रेकर्ड गर्नेलाई कारवाहि लाग्छ नि होइन त सरकार ?
त्यो पोखरा- १६ को अमरदीपमा रहेको १३५ रोपनी जग्गा सरकारलाई नै फिर्ता गर्दै यो काण्डमा संलग्न नेताहरुलाई सरकारी साक्षी बनाएर सुजन लामालाई चाँही मुद्धा चलाउने हो की ? यो अडियो सार्वजनिक गरेकोमा सुजन लामालाई चाँही धन्यवाद ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
