काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’का लागि ५ जना जज (निर्णायक) को घोषणा गरिएको छ । आयोजक संस्था ड्रीम्स युनिभर्सलले जजको नाम खुलाएको हो ।
जजमा पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, अभिनेताद्वय प्रदीप खड्का र अनुपविक्रम शाही, अभिनेत्रीद्वय आँचल शर्मा र नीति शाह रहेको जारी विज्ञप्तिमा उल्लेख छ । यी सबै सेलिब्रेटीले २ अगस्टमा अमेरिकाको न्यूयोर्कमा हुने फिनालेमा सहभागिता जनाउनेछन् । उक्त मितिमा क्वीन्सको मेलरोज बलरुममा समारोह हुनेछ ।
आयोजक संस्थाका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार जुलाई २७ बाट बाल्टिमोरमा क्लोज क्याम्प सुरु हुनेछ, जहाँ १९ जना फाइनलिस्ट सहभागी हुनेछन् । उनीहरूलाई फिनालेको लागि आवश्यक तयारी र प्रशिक्षण कला सिकाइनेछ ।
आर्या आचार्य (पेन्सिलभेनिया), अमिसा भण्डारी (न्यूयोर्क), आर्या कोइराला (टेक्सास), बिना श्रेष्ठ (जर्जिया), दीपा गुरुङ (कोलोराडो), दीया श्रेष्ठ (न्यूजर्सी), हारा सुवेदी (न्यूयोर्क), कृष्मा सुवेदी (टिनिस), कुस्मिता खड्का (टेक्सास), कुसुम तिमल्सिना (टेक्सास) फाइनलिस्ट बनेका छन् ।
साथै, मिङ्मा वाई शेर्पा (कोलोराडो), मुना विष्ट (टेक्सास), नवीना लिम्बु (न्यूयोर्क), प्रतिमा श्रेष्ठ (टेक्सास), सब्बु बजिमय (भर्जिनिया), संस्कृति पाण्डे (कनेक्टिकट), सरिता तामाङ (न्यूयोर्क), स्नेह रुपाखेती (टेक्सास) र सुस्जिता पौडेल (मिनेसोटा) फाइनलिस्ट बनेका छन् । यो प्रतियोगिताको विजेताले मिस नेपालमा सीधै प्रवेश पाउनेछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
