यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौं । यूएईको जेलमा रहेका १२० नेपाली नागरिकले आममाफी पाएका छन् । यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले यूएई सरकारले ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल(अदाहका अवसरमा विभिन्न घटनामा परेर जेलमा रहेका १२० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको जानकारी दिएको हो ।

दुताबासले युएई सरकारप्रति आभार व्यक्त गर्दै विभिन्न कसुरमा जेलमा रहेका नेपालीलाई बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।

Sudina Shrestha

प्रकाशित: २ श्रावण २०८२, बिहीबार ०९:१०