काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपका चार खेलको मैदान परिवर्तन गरिएको छ । आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मौसमको प्रतिकूल प्रभावका कारण किङ्स एरिनाको मैदान हिलाम्मे भएपछि खेल स्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।
साफका अनुसार प्रतियोगिताका खेल नम्बर ७, ८, ९ र १० अब बसुन्धारा स्पोर्ट्स ग्राउन्डमा खेलाइनेछ । जसमा बिहीबार र शनिबार हुने ४ खेल हुने छन् ।
हालसम्मका खेलहरू ढाकास्थित किङ्स एरिनामा हुँदै आएका थिए ।
तर, अविरल वर्षाले मैदान अत्यधिक हिलो तथा खेल्न अयोग्य बनेपछि साफले खेलाडीको सुरक्षालाई प्राथमिकतामा राख्दै खेल स्थान सार्ने निर्णय गरेको जनाएको छ । च्याम्पियनसिप अन्तर्गत विहिबार नेपालले श्रीलंकासँग र बंगलादेशले भुटानसँग खेल्ने तालिका रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
