काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद समरक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान गरेको छ । एन्फाले एक सूचना प्रकाशित अग्र्दै शहिद स्मारक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइनका लागि आवेदन आहृवान गरेको हो ।
लोगो डिजाइनका लागि आवश्यक मापदण्डः
– थीमस् लोगोले फुटबलको भावना, राष्ट्रप्रेम, र सहिदहरूप्रतिको सम्मान झल्काउने हुनुपर्छ ।
– लोगोमा समावेश हुनैपर्ने तत्वहरूस्
फुटबल प्रतीक (जस्तैस् बल, गोलपोष्ट वा खेलसम्बन्धी कुनै चिन्ह, नेपाली पहिचान (राष्ट्रिय झण्डा, रङ वा संस्कृति झल्काउने डिजाइन), सहिदको सम्मान र प्रतिनिधित्व गर्ने चिहन वा कल्पना, स्पष्ट रूपमा ‘सहिद स्मारक ए डिभिजन लिग’ भन्ने पाठ (टेक्स्ट) समावेश
-फरम्याटस् डिजाइन एडोब इलुसट्रेटर फाइलमा पेश गर्नुपर्नेछ ।
– मौलिकतास् लोगो पूर्णतस् मौलिक हुनुपर्छ, अन्य कुनै लोगोबाट नक्कल गरिएको हुनुहुदैन
– प्रयोगः लोगो विभिन्न माध्यमहरुमा प्रयोग गर्न मिल्ने हुनुपर्छ (जस्तैः प्रिन्ट, डिजिटल, तथा टेलिभिजन ब्रोडकास्ट)
लोगो पेश गर्ने अन्तिम म्याद स् एन्फाले इच्छुकले आफ्नो डिजाइन २०८२ भदौ १५ गते (अगष्ट ३१, २०२५० भित्र procurement@the- nfa.com मा इमेल मार्फत पठाउन आग्रह गरेको छ । एन्फाले चयन गरिएको लोगोमा आवश्यक परेमा संशोधन गर्ने र सबै आधिकारि प्रयोजनमा प्रयोग गर्ने अधिकार राख्ने बताएको छ ।
उत्कृष्ट डिजाइनलाई एन्फाबाट नगद ३५ हजार (पैंतीस हजार रुपैयाँ) प्रदान गरिने एन्फाले जनाएको छ ।
ट्रफी डिजाइनका विशेषतास्
– ट्रफी १० किलो शुद्ध चाँदी प्रयोग गरेर निर्माण गरिनेछ
– डिजाइनले निम्न पक्षहरु झल्काउनु पर्नेछस्
– फुटबलमा विजय र सम्मान
– राष्ट्रिय गौरव र पहिचान
– सहिदहरूप्रतिको श्रद्धाञ्जली
ट्रफी विशिष्ट, भव्य र लिगको गौरवपूर्ण इतिहास झल्काउने किसिमको हुनुपर्छ
डिजाइनरले पेश गर्नुपर्ने विवरणस्
– प्रारम्भिक स्केच वा थ्रीडी मोडेल
– डिजाइनको प्रेरणा तथा व्याख्या
– फाइल फारम्याट स् पीडिएफ, एडोब इलुसट्रेटर वा थ्रीडी डिजाइन फाइल
लोगो पेश गर्ने अन्तिम म्याद आफ्नो डिजाइन प्रस्ताव २०८२ भदौ १५ (अगष्ट ३०, २०२५) भित्रमा [email protected] मा पठाइसक्नुपर्नेछ । छनोट गरिएको डिजाइन आधिकारिक ट्रफी निर्माणमा प्रयोग गरिनेछ र डिजाइनरलाई एन्फाबाट औपचारिक रुपमा सम्मानित पनि गरिनेछ । पुरस्कारः विजेता डिजाइनरलाई एन्फाबाट नगद रु ५०,००० (पचास हजार रुपैयाँ) प्रदान गरिनेछ ।
क्ष्लनभि क्ष्mबनभ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
