
काठमाडौं । सामाजिक सञ्जालमा आफूमाथि हुने अभद्र टिप्पणी र गालीगलौजविरुद्ध चलिरहेको अभियानमा गायक रामकृष्ण ढकाल पनि जोडिएका छन् । यस अघि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले शुरु गरेको यस अभियानमा अन्य कलाकार पनि जोड्नेक्रम जारी रहेको छ । ढकालले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभद्र टिप्पणी गर्नेहरुको प्रोफाइल सार्बजनिक गरेका छन् ।
उनले भनेका छन्- ‘अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान । सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईहरू जस्ता अपराधीलाई कठहरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो । उहाँहरुले पानी मुनीबाट पनि खोजेर सार्वजनिक गर्नु नै हुनेछ ।’
गायक ढकालले केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैसे गरिरहेको हुने भन्दै यो अभियानलाई थप गति दिन प्रतिभाशाली गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्न चाहेको बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: १ श्रावण २०८२, बुधबार ०८:१६
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
