काठमाडौं । सामाजिक सञ्जालमा आफूमाथि हुने अभद्र टिप्पणी र गालीगलौजविरुद्ध चलिरहेको अभियानमा गायक रामकृष्ण ढकाल पनि जोडिएका छन् । यस अघि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले शुरु गरेको यस अभियानमा अन्य कलाकार पनि जोड्नेक्रम जारी रहेको छ । ढकालले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभद्र टिप्पणी गर्नेहरुको प्रोफाइल सार्बजनिक गरेका छन् ।
उनले भनेका छन्- ‘अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान । सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईहरू जस्ता अपराधीलाई कठहरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो । उहाँहरुले पानी मुनीबाट पनि खोजेर सार्वजनिक गर्नु नै हुनेछ ।’
गायक ढकालले केही समययता कलाकारहरूले अगाडि बढाइरहेको प्रतिरोधी अभियानमा म आफू पनि उभिएर होस्टेमा हैसे गरिरहेको हुने भन्दै यो अभियानलाई थप गति दिन प्रतिभाशाली गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले गरेको साहसको पनि सम्मान गर्न चाहेको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-16
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
