काठमाण्डौ । काठमाण्डौ महानगपालिकामा जग्गाको सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ । महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२÷०८३ को लागि ल्याएको आर्थिक ऐन अनुसार जग्गाको मूल्य तोकिएको हो ।
काठमाण्डौमा सबैभन्दा महँगो आनाको ५० लाख रुपैयाँ पर्ने जग्गा दरबारमार्ग क्षेत्रको छ । माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जय नेपाल हल क्षेत्र, कान्तिपथ, जमललगातका क्षेत्रमा पनि जग्गाको मूल्य धेरै छ । त्यस्तै घण्टाघरदेखि कमलादी मोडसम्म, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वरसम्मको मूल सडकको दायाँबायाँको क्षेत्र रहेको छ ।
ठमेल–इन्द्रचोक क्षेत्र, केशरमहल गेटदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोक, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक–असन–भोटाहिटी चोक, असन चोकदेखि राष्ट्रिय नाचघर हुँदै तीनधारा पाठशालासम्म ५० लाख रुपैयाँ प्रतिआना पर्ने क्षेत्र रहेका छन ।
महेन्द्र सालिकदेखि काठमाण्डौ प्लाजा, रत्नपार्क, पुरानो बसपार्क, शहीदगेट–सुन्धारा चोक, सिंहदरबार पश्चिम गेटदेखि भद्रकालीसम्म, नयाँ सडक, पुरानो काठमाण्डौ महानगर भवन क्षेत्र, जुद्धशमशेर सालिकदेखि इन्द्रचोक,न्यूरोड पिपलबोट, आरबी कम्प्लेक्स, खिचापोखरी–धरहरा आसपासमा पनि जग्गाको सबैभन्दा उच्च मूल्य तोकिएको छ ।
पुतलीसडक,बागबजार, रत्नपार्कसम्मको मूलसडकसँग जोडिएको दायाँबायाँ जग्गाको मूल्य भने ४० लाख रुपैयाँ प्रतिआना मूल्याङ्कन गरिएको छ । त्यस्तै खिचापोखरीबाट दक्षिणतर्फको भुङ्ला मार्ग, गणबहाल र भोटेबहालको मूलसडकसँग जोडिएको दायाँबायाँ जग्गाको मूल्य ३६ लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।
लैनचौर चोकदेखि, होटल र्याडिसन, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्म मूलसडकसँग जोडिएको दायाँबायाँ जग्गाको मूल्य ३२ लाख रुपैयाँ प्रतिआना राखिएको छ । त्यस्तै चक्रपथ जोडिएका गोशालादेखि धोवीखोलासम्मका जग्गाको मूल्य ३० लाख रुपैयाँ प्रतिआना मूल्याङ्कन गरिएको छ ।
सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना र सकैभन्दा कम पाँच लाख रुपैयाँसम्मको जग्गाको मूल्याङ्कन गरिएको महानगरपालिकाको आर्थिक ऐनमा उल्लेख छ । तर चलनचल्तीको मूल्य भने महानगरले तोकेको मूल्य भन्दा बढी रहेको पाइन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
