काठमाडौँ । अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक विश्वविद्यालयमा अध्ययरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।
लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको लुइजियानाका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
स्थानीय समय अनुसार शनिबार राति कार सडकबाट तल खस्दै रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको प्रहरीले जनाएको छ । लुइजियाना टेक विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी मामिला कार्यालयले नेपालस्थित परिवारहरूसँग समन्वय गरी थप आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ ।
दुर्घटना युएस–८० राजमार्गको १६६ किलोमिटर क्षेत्रमा भएको हो । गाडीमा चार जना सवार रहेको र तीमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो भने दुईजना गम्भीर घाइते भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
