
काठमाडौँ । अमेरिकाको लुइजियाना राज्यस्थित लुइजियाना टेक विश्वविद्यालयमा अध्ययरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।
लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको लुइजियानाका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
स्थानीय समय अनुसार शनिबार राति कार सडकबाट तल खस्दै रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको प्रहरीले जनाएको छ । लुइजियाना टेक विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी मामिला कार्यालयले नेपालस्थित परिवारहरूसँग समन्वय गरी थप आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ ।
दुर्घटना युएस–८० राजमार्गको १६६ किलोमिटर क्षेत्रमा भएको हो । गाडीमा चार जना सवार रहेको र तीमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो भने दुईजना गम्भीर घाइते भएका छन् ।
Sudina Shrestha
प्रकाशित: ३१ असार २०८२, मंगलवार १०:२१
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
