
काठमाडौँ । नेकामा एमालेका नेता कर्ण थापाले महासचिव शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीको प्रसंशामा झुटो गीत नगाउन आग्रह गरेका छन् ।
कर्ण थापाले महासचिव शंकर पोखरेलले पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको र देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोलेको आरोप लगाएका छन् ।
नेता थापाले कठिन भन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएको र फेरि पनि सत्यकै पक्षमा उभिइने बताएका छन् ।
उनले भनेका छन्-
नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनको लगतै देखि पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको बचनका लागि मात्रै प्रसंसाको झुटो गित गाउनेहरू नै अध्यक्षको रक्षाकबच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीति विरोधी व्यवहार हो । नेतृत्वलाई गुमराहमा राखेर सधैभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए, यस्तो चिन्तनबाट छिटो मुत्त हुन अनुरोध गर्दछु । कठिन भन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको हो, फेरि पनि सत्यकै पक्षमा उभिईनेछ । सम्पुर्ण एमाले पंक्तिलाई सहि कुरा बुझेर मात्रै मत बनाउन आग्रह गर्दै गाली गलौजमा नउत्रन निवेदन गर्दछु ।
pratikshya
प्रकाशित: २९ असार २०८२, आईतवार १३:५६
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
