काठमाडौँ । नेकामा एमालेका नेता कर्ण थापाले महासचिव शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीको प्रसंशामा झुटो गीत नगाउन आग्रह गरेका छन् ।
कर्ण थापाले महासचिव शंकर पोखरेलले पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको र देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोलेको आरोप लगाएका छन् ।
नेता थापाले कठिन भन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएको र फेरि पनि सत्यकै पक्षमा उभिइने बताएका छन् ।
उनले भनेका छन्-
नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनको लगतै देखि पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको बचनका लागि मात्रै प्रसंसाको झुटो गित गाउनेहरू नै अध्यक्षको रक्षाकबच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीति विरोधी व्यवहार हो । नेतृत्वलाई गुमराहमा राखेर सधैभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए, यस्तो चिन्तनबाट छिटो मुत्त हुन अनुरोध गर्दछु । कठिन भन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको हो, फेरि पनि सत्यकै पक्षमा उभिईनेछ । सम्पुर्ण एमाले पंक्तिलाई सहि कुरा बुझेर मात्रै मत बनाउन आग्रह गर्दै गाली गलौजमा नउत्रन निवेदन गर्दछु ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
