काठमाडौँ । भारतको राज्य सभामा चार जनालाई मनोनित गरिएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राज्यसभाका लागि चार जनालाई मनोनित गरेकी छन् ।
मनोनित हुनेमा उज्ज्वल देवराज निकम, सी. सदानन्दन मास्टर, हर्षवर्धन श्रृंगला र डा. मीनाक्षी जैनलाई राज्यसभाका लागि मनोनित गरिएको छ ।
उज्ज्वल देवराज निकमले भाजपाबाट मुम्बई उत्तर मध्यबाट लोकसभा चुनाव लडेका थिए तर उनी पराजित भएका थिए । अर्कोतर्फ, हर्षवर्धन श्रृंगला पुर्व विदेश सचिव हुन् ।
राष्ट्रपतिले मनोनित सदस्यहरूको अवकाशका कारण रिक्त पदमा चार जनालाई राज्यसभामा मनोनित गरेका छन् ।
भारतको संबिधान अनुसार राष्ट्रपतिले १२ जनालाई राज्यसभामा मनोनित गर्न सक्ने व्यवस्था गरिएको छ । मनोनित हुने व्यक्तिहरू कला, साहित्य र सार्वजनिक सेवाको क्षेत्रमा विशेष योगदान गरेका हुनुपर्ने उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
