काठमाडौँ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना दलबाट देशका समस्याको समाधान नहुने प्रमाणित भएको बताएका छन् ।
डा. भट्टराईले संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा ठूलो उपलब्धी भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्याहरू हल हुनै सक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यबहारमै प्रमाणित गरिदिनु भएको बताएका छन् ।
डा. भट्टराईले अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिको हातमा आउने निश्चित रहेको बताएका छन् ।
उनले भनेका छन्-
संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा ठूलो उपलब्धी भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनैसक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यबहारमै प्रमाणित गरिदिनु हो ।
तेश्रो ठूलो दलका एकल सुप्रिमोले पटक पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो । यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ । उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ ? आगामी दिनको राजनीतिक विमर्श अव त्यता सोझिनुपर्छ । सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि ?
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
