काठमाडौँ । अमेरिकाले युक्रेनमा हतियारको आपूर्ति शुरु गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको जानकारी दिएका छन् । अमेरिकाले गत हप्ता केही महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेपछि युक्रेनमा हतियारको आपुर्ति सुचारु गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नेटोमार्फत हतियार पठाउने बताएका थिए । जसअन्तर्गत युक्रेनले नेटो गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली पाउनेछ।
युक्रेनमा रुसको बढ्दो हवाई आक्रमणपछि यो निर्णय गरिएको हो । पछिल्ला दिनमा रुसले हरेक दिन सयौं ड्रोन तथा मिसायल आक्रमण गरिरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
