
काठमाडौँ । अमेरिकाले युक्रेनमा हतियारको आपूर्ति शुरु गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको जानकारी दिएका छन् । अमेरिकाले गत हप्ता केही महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेपछि युक्रेनमा हतियारको आपुर्ति सुचारु गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नेटोमार्फत हतियार पठाउने बताएका थिए । जसअन्तर्गत युक्रेनले नेटो गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली पाउनेछ।
युक्रेनमा रुसको बढ्दो हवाई आक्रमणपछि यो निर्णय गरिएको हो । पछिल्ला दिनमा रुसले हरेक दिन सयौं ड्रोन तथा मिसायल आक्रमण गरिरहेको छ ।
pratikshya
प्रकाशित: २९ असार २०८२, आईतवार १३:५०
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
