काठमाडौं । राप्रपामा आन्तरिक विवाद बढिरहेका बेला प्रवक्ता मोहन कुमार श्रेष्ठले नवराज सुवेदीलाई उनले पार्टी छोडेको स्मरण गराएका छन् ।
अध्यक्ष राजेन्द्र लिङदेनले आफुलाई अनुशासन समितिको अध्यक्षबाट पार्टीको विधान विपरित हटाएको भन्दै आज निर्वाचन आयोग जनाए तयारी गरेका सुवेदीलाई राप्रपा प्रवक्ता श्रेष्ठले गत चैत्र ४ गते राप्रपा परित्याग गरेको स्मरण गराएका छन् काठमाडौं ।
राजसंस्था फर्काउन गठन गरिएको जनआन्दोलन परिचालन समितिको संयोजक बनेपछि चैत्र ४ गते सुवेदीले आफु अब राजसंस्था फर्काउन समर्पित हुने भन्दै राप्रपाको साधारण सदस्य समेत नरहेको बताएका थिए ।
राप्रपा प्रवक्ताले सुवेदीलाई लोकलाजको ख्याल गर्न र जीवनको उत्तरार्द्धमा इमान नछोड्न आग्रह गरेका छन् । उनले भनेका छन्- ‘सार्वजनिक रुपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे ! लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस् ! तपाई राप्रपामा फेरि सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है !’
अध्यक्ष लिङदेनले असार २५ गते सुवेदी अध्यक्ष रहेको पार्टीको अनुशासन समितिको अध्यक्षमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
