एनपीएलको दोश्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको दोश्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला गरेको छ ।

क्यानले हालै फ्रेन्चाईज टोलीबाट रिलिज भएका खेलाडी तथा एनपीएल अक्सनमा सहभागी हुन चाहने सम्पुर्ण नेपाली खेलाडीहरुले https://npl-t20.com/registration लिंक मार्फत आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ ।

अक्सन प्रकृयामा सहभागी हुने खेलाडीहरुलाई A, B, C गरी ३ श्रेणीमा विभाजन गरिएको र खेलाडीहरुले आफ्नो ईच्छा अनुरुप कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले बताएको छ ।

साथै खेलाडी दर्ता शुल्क प्रति खेलाडी एक हजार तोकिएको छ भने दर्ता गर्ने अन्तिम समय २०८२ साल साउन ६ गते अर्थात् जुलाई २२ सम्म रहेको क्यानले जनाएको छ ।

Sudina Shrestha

प्रकाशित: २९ असार २०८२, आईतवार ०८:२८