काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले देश भरि रहेका क्षेत्र आश्रम तथा शाखा आश्रमहरुमा भक्तहरुको महान चाड गुरु पूर्णिमा हर्ष उल्लासका साथ भव्य रुपमा सम्पन्न गरेको छ ।

गुरु पूर्णिमाको अवसरमा आयोजित महान सत्संग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले गुरुको आशिर्वाद थापेर आफ्नो भक्ति सफल बनाउनुपर्ने बताउनुभयो । गुरु प्रति समर्पण भाव भएमा मात्र जीवन सफल हुने भएकाले हरेक शिष्य गुरु प्रति समर्पित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । महात्मा चमेली वाईजीका अनुसार ज्ञान अनुभवको विषय भएकोले परिवारमा भगवान तथा गुरुको चर्चा गर्दै ध्यान साधना गरि आफूभित्रको शक्तिको अनुभव गर्नुपर्ने र ध्यान साधनाले नै सत्य युगको प्रादुुर्भाव हुनेछ । भौतिक कुरामा हामीले जति नै प्रगती गरेपनि मनको शान्तीका लागि गुरुको शरणमा नै जानुपर्ने र गुरुले मात्रै पन्च भौतिक वन्धनबाट मुक्ति गराउनुहुनेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै महात्मा चमेली वाईजी भन्नुहुन्छ, “भगवानको कृपा असिम रुपमा वर्षिरहेको छ । तर अथाह कृपालाई भक्तले चिन्न सकिरहेको छैन । गुरु तथा सन्तमहात्माले सत्संगको माध्यमबाट सबैलाई भगवानको कृपा वर्षा गराइरहुनुभएको छ ।”

सत्संग कार्यक्रममा समितिकी वरिष्ठ महात्मा लता वाईजीले कुनै पनि औषधीले निको पार्न नसकेको जन्म जन्मको रोग गुरु कृपाले निको पार्ने बताउनुभयो । समयको सद्गुरुको सानिध्यताले हृदय निर्मल हुदै जाने पनि उहाँले स्पष्ट पार्नुभयो । महात्मा लता वाईजी भन्नुहुन्छ, “समयका महान पुरुष यस धर्तिमा आएर आत्माज्ञानको प्रचार गरिरहनु भएका बेला सुतेर बसेमा भोलीका दिनमा पछुताउनु बाहेक केही बाँकी रहदैन ।”

देशभरी आयोजना भएका महान सत्संग कार्यक्रममा आत्मानुभवी सन्त महात्माहरुले सत्संग तथा प्रवचन सुनाउनुका साथै विविध सांस्कृतिक कार्यक्रमहरु नृत्य, नाटक, भजनहरु पनि प्रस्तुत भएका थिए ।
समितिले गुरुपूजाको अवसर पारेर एसईई उर्तिण विद्यार्थीहरुलाई सम्मान गर्नुको साथै देशका विभिन्न स्थानमा विभिन्न सामाजिक क्रियाकलापहरु स्वास्थ्य शिविर, सरसफाई लगायतका कार्यहरु पनि सम्पन्न गरेको छ ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-12
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
