काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ ।
शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको ४०औं कार्यपालिका बैठकले असार २९ गते बिहान कार्यपालिका बैठक र दिउसो १७औं नगरसभा अधिवेशन हुने मेयर बालेन शाहले जानकारी दिए । बैठकमा नगर सभा बस्ने एक मात्र प्रस्ताव पेश गरिएको थियो भने सो प्रस्ताव पारित गर्दै बैठक शुरु भएको एक मिनेटमै सकिएको थियो ।
यसअघि आजै बसेको महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको थियो । बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।
अब असार २९ गते बस्ने नगर सभाको बैठकले बजेट सार्वजनिक गर्ने छ । नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
