काठमाडौं महानगरको कार्यपालिका बैठक एक मिनेटमै सकियो, बजेट असार २९ गते आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ ।

शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको ४०औं कार्यपालिका बैठकले असार २९ गते बिहान कार्यपालिका बैठक र  दिउसो १७औं नगरसभा अधिवेशन हुने मेयर बालेन शाहले जानकारी दिए । बैठकमा नगर सभा बस्ने एक मात्र प्रस्ताव पेश गरिएको थियो भने सो प्रस्ताव पारित गर्दै बैठक शुरु भएको एक मिनेटमै सकिएको थियो । 

यसअघि आजै बसेको महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको थियो । बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ । 

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।

अब असार २९ गते बस्ने नगर सभाको बैठकले बजेट सार्वजनिक गर्ने छ । नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् ।

pratikshya

प्रकाशित: २७ असार २०८२, शुक्रबार १५:२०