काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले केन्द्रका लागि उच्च कम्प्युट पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनको लागि भएको खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लगाएको छ । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली र वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रा.लि. कान्तिपथ, काठमाडौंका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठले आपसी मिलोमतो तथा योजनामा गैरकानूनी लाभ पुर्याउने तथा नेपाल सरकारलाई १५ करोड ८८ लाख ५० हजार हानी पुर्याउने काम गरेको आरोप लगाएको छ ।
अख्तियारले सबैलाई जनही त्यति नै रकम बराबरीको बिगो माग गर्दै शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
