
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबीच पार्टी एकता हुने भएको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा दुबै पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफलपछि आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी पार्टी एकता गर्ने सहमति भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले हस्ताक्षेर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क.माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क.वामदेव गौतमसहितका नेताहरुबीच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो। साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमतिभयो।’
pratikshya
प्रकाशित: २७ असार २०८२, शुक्रबार १२:५३
बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
