राप्रप्राका नेता बलराम घर्ती मगरको निधन

काठमाडौँ । राप्रप्राका संस्थापक एवं वरिष्ठ नेता बलराम घर्ती मगरको निधन भएको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार घर्ती मगरको शुक्रबार ललितपुरस्थित बिएण्डबी हस्पिटलमा उपचारका क्रममा निधन भएको छ ।

श्रेष्ठले नेता घर्ती मगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको बताएका छन् ।

पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रोल्पाका ८७ बर्षिय घर्तिमगर ११ पटक मन्त्री भएका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए । घर्तिमगरका श्रीमती र ७ छोरी छन् ।

pratikshya

प्रकाशित: २७ असार २०८२, शुक्रबार १२:४०