
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
जसमा पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो । त्यस्तै ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यसबाहेक बाँकी रहने एक लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले यस लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्नमा जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ बी रेटिङ प्रदान गरेको छ ।
स्वस्तिक लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
pratikshya
प्रकाशित: २७ असार २०८२, शुक्रबार १२:३५
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
