काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको छ ।
जसमा पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो । त्यस्तै ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यसबाहेक बाँकी रहने एक लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले यस लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्नमा जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ बी रेटिङ प्रदान गरेको छ ।
स्वस्तिक लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
