काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
राष्ट्र बैंकले आजै दिउसो मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिमा बैठक अहिले बसिरहेको र आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंक स्रोतले बताएको छ ।
यस अघि गभर्नर डा. विश्व पौडेलले विहिबार साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग मौद्रिक नीति बारे छलफल गरेका थिए ।
अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो मौद्रिक नीति असारभित्रै ल्याउन लागेका हुन् । बजेट साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको यस पहललाई सकारात्मक रुपमा हेरिएको छ ।
नयाँ मौद्रिक नीतिमा गभर्नर पौडेलले केहि उदार नीति ल्याउने संकेत गरेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता र चार वर्ष यताकै न्यून ब्याजदर हुदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकेको अवस्थामा गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्था र ऋणी दुवै पक्षलाई सहज हुने मौद्रिक नीति ल्याउन लागेको बुझिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
