
काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । लामो विवादपछि मेयर बालेन्द्र शाह (बालेन) ले आजका लागि बैठक बोलाएका छन् ।
आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भने उपस्थित नहुने भएका छन् । गुरागाईंलाई बिदामा पठाएर आज कार्यपालिकाको बैठक राख्ने सहमति भएको छ ।
महानगर प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीचको विवादपछि गत पुस यता कार्यपालिका बैठक बस्न सकेको थिएन ।
आजको कार्यपालिका बैठक अघि बालेनले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बिहान ११ बजेका लागि बोलाएका छन् । उक्त समितिले महानगरमा प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण तथा सोको सन्तुलित वितरणको खाका तथा बजेट सीमा निर्धारण गर्नेछ । त्यसपछि उपप्रमुख संयोजक रहेको राजस्व परामर्श समितिको बैठक बस्नेछ र त्यसपछि मात्र कार्यपालिका बैठक बस्ने बताइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र सभामा पेस गर्नुपर्ने उल्लेख भएपनि काठमाडौं महानगरमा मेयर र प्रमुख कार्यकारी अधिकृतबीचको विवादले सो समयभित्र नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आँकडा अनुसार अहिलेसम्म ७५३ मध्ये ५३५ स्थानीय तहले मात्र आफ्नो बजेट मन्त्रालयमा रेकर्ड गराएका छन् । अझै २१८ स्थानीय तहले आउदो आर्थिक बर्षको बजेट विवरण मन्त्रालयमा बुझाएका छैनन् ।
pratikshya
प्रकाशित: २७ असार २०८२, शुक्रबार १२:२९
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
