
काठमाडौँ । अफगानिस्तानको हेलमन्ड प्रान्तमा, एक ६ वर्षीया बालिकाको विवाह ४५ वर्षीय पुरुषसँग गरिएको घटना बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार, विवाहको तस्बिरहरू बाहिर आएपछि तालिबान अधिकारीहरू आफैं छक्क परे र बालिकालाई उनको ससुराली घरमा लैजानबाट रोक लगाएको बताइएको छ ।
यद्यपि, तालिबान अधिकारीहरूले उनी ९ वर्षकी हुन्छिन्, उनलाई उनको पतिको घरमा पठाउन सकिने बताएका छन् । बेहुलाले केटीको परिवारलाई पैसा दिएर यो सम्बन्ध मिलाएको बताइएको छ । विवाह हेलमन्डको मार्जा जिल्लामा भएको थियो।
यसपछि, प्रहरीले केटीको बुबा र बेहुलालाई पक्राउ गरेको तर अहिलेसम्म कसै विरुद्ध कुनै आपराधिक मुद्दा दर्ता गरिएको छैन । सन् २०२१ मा तालिबान फेरि सत्तामा आएपछि, देशमा बालविवाहका घटनाहरू मात्र बढेका छैनन्, तर यसबारे सामाजिक सहमति पनि बन्दै गएको छ । केटीहरूको शिक्षा र काममा प्रतिबन्धका कारण धेरै परिवारहरूले आफ्ना छोरीहरूलाई बोझ ठानेर सानै उमेरमा विवाह गरिरहेका छन् ।
यूएन वुमनको रिपोर्ट अनुसार, तालिबानको महिला विरोधी कानूनले देशमा बालविवाहमा २५ प्रतिशत वृद्धि र किशोरावस्थामा गर्भधारणमा ४५ प्रतिशत वृद्धि भएको छ ।
अफगानी समाजमा, नामकरण परम्परा अन्तर्गत बाल्यकालमा नै नातेदारसँग विवाह गरिन्छ । यसलाई पारिवारिक सम्पत्तिको रूपमा हेरिन्छ । धेरै क्षेत्रमा ुभल्वरु अर्थात् दाइजोको रूपमा पैसा लिएर केटीहरूको विवाह तय गरिन्छ । यो रकम केटीको सुन्दरता, स्वास्थ्य र शिक्षाको स्तरको आधारमा तय गरिन्छ ।
द अफगान टाइम्सलाई दिइएको एक अन्तर्वार्तामा उरुज्गानकी अमिरी नामकी एक महिलाले आफ्नी १४ वर्षीया छोरीको विवाह २७ वर्षीय पुरुषसँग ३ लाख अफगानीमा गराएको बताइन् । ती महिलाले छोरी कम उमेरको भएपनि घरमा खानको लागि केही नभएपछि यो एक मात्र विकल्प बाँकी रहेको बताइन् ।
Sudina Shrestha
प्रकाशित: २७ असार २०८२, शुक्रबार ०९:२४
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
