काठमाडौँ । नेपाल पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटको समुह बी मा परेको छ ।
आइसीसीले विहिबार सार्बजनिक गरेको समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् । ९ देशले खेल्ने छनौट खेलमा हरेक समुहका शिर्ष दुई देश सुपर सिक्समा छनौट हुने छन् । सुपर सिक्समा एक अर्काविरुद्ध खेलेपछि शिर्ष तीन देशले २०२६ को विश्वकपमा छनौट हुनेछन् ।
त्यस्तै समुह ए मा मलेसिया, कतार र युएई छन् भने समुह सी मा ओमान, पीएनजी र सामोआ रहेका छन् । एशिया छनौट खेल आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुदैछ ।
२०२६ को टी-२० विश्वकपका लागि भारत र श्रीलंका आयोजकमा रुपमा छनौट भएका छन् । त्यस्तै २०२४ मा अमेरिकामा भएको विश्वकपमा टप ७ टिम अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज सिधै छनौट भएका छन् । त्यस्तै २०२४ को जुन ३० सम्म शिर्ष वरियतामा रहेका आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान पनि सिधै छनौट भएका छन् । त्यसैगरी अमेरिका छनौटबाट क्यानडा विश्वकपमा छनौट भएको छ ।
अब युरोप, अफ्रीका र एशिया र इष्ट एशियाबाट छनौट हुन बाँकी रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
