
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र संगठनभित्र फैलिएको अराजकता क्षम्य नहुने चेतावनी दिएका छन् ।
विहिबार पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठानमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र संगठनभित्र फैलिएको अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारलले पनि अवज्ञा नगर्न चेतावनी दिएका हुन् ।
उनले पार्टीको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको टिप्पणी गरेका छन् । विधान महाधिवेशनले पारित गरेका विषयहरू राष्ट्रिय महाधिवेशनले संसोधन गर्न सक्ने भएकोले यसको वैधानिक व्यवश्था जानकारी नै नलिइ महाधिवेशन प्रतिनिधि हुने कुरा सांगठनिक अराजकता भएको बताएका हुन् ।
उनले भने- ‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनेतिक हो । राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहिन र अराजक हो। जसले यस्ता गतिविधी गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।’
pratikshya
प्रकाशित: २६ असार २०८२, बिहीबार १३:४८
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
