काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र संगठनभित्र फैलिएको अराजकता क्षम्य नहुने चेतावनी दिएका छन् ।
विहिबार पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठानमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र संगठनभित्र फैलिएको अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारलले पनि अवज्ञा नगर्न चेतावनी दिएका हुन् ।
उनले पार्टीको विधानका बारेमा प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको टिप्पणी गरेका छन् । विधान महाधिवेशनले पारित गरेका विषयहरू राष्ट्रिय महाधिवेशनले संसोधन गर्न सक्ने भएकोले यसको वैधानिक व्यवश्था जानकारी नै नलिइ महाधिवेशन प्रतिनिधि हुने कुरा सांगठनिक अराजकता भएको बताएका हुन् ।
उनले भने- ‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनेतिक हो । राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहिन र अराजक हो। जसले यस्ता गतिविधी गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
