काठमाडौँ । भारतको गुजरातको माही नदीको पुल भत्किदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
बुधबार भत्किएको पुलमा परेर अहिलेसम्म १५ जनाको मृत्यु भएको र चार जना अझै बेपत्ता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै सो दुर्घटनामा पाँच जना घाइते रहेका छन् ।
अहिले पनि उद्धार कार्य जारी रहेको र उद्धारमा एनडीआरएफ र अन्य टोलीहरू घटनास्थलमा उपस्थित रहेको प्रहरीले जनाएको छ ।
४५ बर्ष पुरानो पुल भत्किदा चारवटा सवारी साधन नदीमा खसेका थिए । जसमा दुई ट्रक र दुई भ्यान नदीमा खसेका थिए । गम्भीरा पुल मध्य गुजरातको महत्त्वपूर्ण पुलहरू मध्ये एक हो । यसले मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
