काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको छ ।
रास्वपाको बुधबार बसेको सचिवालय बैठकले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएको छ ।
साथै बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिन कुमार आचार्यलाई रुपन्देही-३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको बुर्लाकोटीले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
