काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी छन् ।
विहिबार मनिषाले रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी हुन् ।
सो अवसरमा उनले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएकोप्रति एउटा आम नागरिकको नाताले आवाज उठाउन आएकी प्रतिक्रिया दिएकी छन् । मनिषाले भनिन्- ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध छैन । एउटा आम नागरिकको नाताले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएको छ, त्यसको विरुद्ध आवाज उठाउन आएकी हुँ ।’
रास्वपाले सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोधपूर्ण व्यबहार गरेको भन्दै देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
