
काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी छन् ।
विहिबार मनिषाले रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी हुन् ।
सो अवसरमा उनले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएकोप्रति एउटा आम नागरिकको नाताले आवाज उठाउन आएकी प्रतिक्रिया दिएकी छन् । मनिषाले भनिन्- ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध छैन । एउटा आम नागरिकको नाताले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएको छ, त्यसको विरुद्ध आवाज उठाउन आएकी हुँ ।’
रास्वपाले सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोधपूर्ण व्यबहार गरेको भन्दै देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।
pratikshya
प्रकाशित: २६ असार २०८२, बिहीबार १२:४४
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
