काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै यस बाढी सृजना भएको प्रारम्भिक निष्कर्षमा पुगेको छ ।
यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको र आगामी दिनमा भू-उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्विरहरुले समेत थप पुष्ट्याइँ दिन सक्ने बिभागले जनाएको छ । साथै विभागले निरन्तर अध्ययन जारी राख्ने र आधिकारिक जानकारी अपडेट गर्दै जाने बताएको छ ।
विभागले रसुवागढीस्थित नेपाल-चीन सीमाबाट करीब ३६ किलोमिटर माथि लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रको अध्ययन गर्दा हिमनदीको करिब बीच भूभागमा विकास भएको (हिमताल ) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिएको उल्लेख गरेको छ ।
विभागले उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको र बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको यी दुई चित्रको तुलनात्मक अध्ययनले तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको उल्लेख गरेको छ । हिमतालको सतही स्वरुपमा बाढीपछि उल्लेख्य परिवर्तन देखिएको बताएको छ । उक्त समयावधीमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको महाशाखाले उल्लेख गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
