काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
विहिबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गरेर मेरिटोक्रेसी प्रणालीको समर्थन गरिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिसको भरमा उपकुलपति नियुक्त गर्नु निन्दनीय भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ- ‘त्रिभुवन विश्वविद्यालयमा मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्त गरिनु पर्ने हाम्रो निरन्तरको माग सर्वविदित छ । यसै सन्दर्भमा नेवि संघले देशव्यापी रूपमा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्दै आएको छ, जसले विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गर्न विद्यार्थी समुदायको बलियो समर्थन प्राप्त गरिरहेको छ । देशभरका क्याम्पसहरूमा छात्रछात्राले मेरिटोक्रेसी प्रणालीको समर्थन गरिरहेकै बेला प्रधानमन्त्री तथा कुलपति ज्यूले सिफारिसको भरमा उपकुलपति नियुक्त गर्नु निन्दनीय छ । उपकुलपति नियुक्त हुनु आश्चर्यजनक छ । विश्वविद्यालयको सुधारमा कुलपती, सहकुलपतिको सकरात्मक भूमिकाको अपेक्षा गरिराखेको समयमा उहाँहरूको ध्यान आफ्नो नियन्त्रण कायम गर्नमा मात्र देखिनु दुःखद विषय हो ।’
त्यस्तै नेविसंघले विद्यार्थी प्रतिनिधि विना बोलाइएको सिनेट बैठकलाई अमान्य हुने बताएको छ । विज्ञप्तिमा भनिएको छ- ‘विद्यार्थी प्रतिनिधि विना सिनेट बैठक अमान्य हो र विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गरौं भन्ने हाम्रो माग सर्वविदित रहेको छ ।’ नेविसंघले यस सिनेट बैठक अलोकतान्त्रिक, अपारदर्शी र सम्पूर्ण विद्यार्थी समुदायप्रति गम्भीर अपमान स्वरूप रहेको पूर्वधारणा समेत सार्वजनिक गरेको छ ।
नेविसंघले भनेको छ- ‘विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियतले डाकिएको विश्वविद्यालय सभा बैठक न त विद्यार्थीको पक्षमा हुन्छ, न त शैक्षिक वातावरण निर्माण वा गुणस्तरीय अनुसन्धानमा केन्द्रित हुन्छ । विश्वविद्यालयको प्रमुख सरोकारवाला विधिवत् निर्वाचित प्रतिनिधिहरुलाई सहभागी नगराई गरिएको यस्तो बैठक केबल अलोकतान्त्रिक र अपारदर्शी मात्र नभई सम्पूर्ण विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान पनि हो ।’
नेविसंघले विद्यार्थीहरूको आवाजलाई बेवास्ता गरियो भने चरणबद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । त्रिविको सिनेट बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
