काठमाडौँ । फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाहपछि अर्की अभिनेत्री ऋचा शर्माको इन्ट्री भएको छ । उनले मंगलबार फिल्म सम्झौता गरेकी हुन् । यो फिल्ममा ऋचाको जोडी मुकुनसँग बाँधिने भएको छ ।
काजी लिम्बूको लेखन रहेको फिल्ममा सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने र सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री रहेका छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।
बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ । फिल्मको प्युठान निर्माण ब्यबस्थापक लछुमन भण्डारी छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
