फिल्म ‘जदौ’ मा ऋचा शर्माको इन्ट्री

काठमाडौँ । फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाहपछि अर्की अभिनेत्री ऋचा शर्माको इन्ट्री भएको छ । उनले मंगलबार फिल्म सम्झौता गरेकी हुन् । यो फिल्ममा ऋचाको जोडी मुकुनसँग बाँधिने भएको छ । 

काजी लिम्बूको लेखन रहेको फिल्ममा सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने र सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री रहेका छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।

बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ । फिल्मको प्युठान निर्माण ब्यबस्थापक लछुमन भण्डारी छन् । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन् ।

pratikshya

प्रकाशित: २६ असार २०८२, बिहीबार १२:३९