
काठमाडौँ । आईपीएल २०२५ को विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले १८ बर्षपछि उपाधि जितेपछि ठूलो फाइदा उठाएको छ ।
आरसीबी टोली लिगको सबैभन्दा मूल्यवान फ्रेन्चाइजी बनेको छ । आरसीबीले यस मामिलामा चेन्नई सुपर किंग्सलाई उछिनेर शिर्ष स्थानमा उक्लिएको छ ।
होलिहान लोकीद्वारा गरिएको आईपीएल मूल्याङ्कन अध्ययन २०२५ अनुसार, दस आईपीएल फ्रेन्चाइजीहरूको संयुक्त ब्रान्ड मूल्य $१८.५ बिलियन डलर पुगेको छ ।
उपाधि जितेपछि आरसीबीको मूल्याङ्कन २६९ मिलियन डलर पुगेको छ र शिर्ष स्थानमा रहेको छ । आरसीबीको ब्राण्ड भ्यालु साढे १८ प्रतिशतले बढेको छ ।
त्यस्तै अम्बानी परिवारद्वारा सञ्चालित मुम्बई इन्डियन्सको ब्रान्ड भ्यालु २४२ मिलियन डलर पुगेको छ, जसले गर्दा यो दोस्रो सबैभन्दा मूल्यवान फ्रेन्चाइजी बनेको छ । त्यस्तै मुम्बईको ब्रान्ड भ्यालु १८.६ प्रतिशतले बढेको छ ।
त्यस्तै चेन्नईको यस सिजनको आइपिएलमा राम्रो प्रदर्शन नभएको असर यसको ब्रान्ड भ्यालु समेत पुगेको छ । चेन्नई फ्रेन्चाइजीको ब्रान्ड मूल्य २३५ मिलियन डलर पुगेको छ । तेस्रो स्थानमा झरेपनी चेन्नईको ब्राण्ड भ्यालु ११.६ प्रतिशतले बढेको छ ।
त्यसैगरी शाहरुख खानको कोलकाता नाइट राइडर्स ब्रान्ड मूल्य २२७ मिलियन डलर पुगेको छ र चौथो स्थानमा छ । कोलकोताको यस बर्ष ब्राण्ड भ्यालु १९.२ प्रतिशतले बढेको छ ।
त्यसैगरि सनराइजर्स हैदराबादको ब्रान्ड भ्यालु १५४ मिलियन डलर पुगेको छ र पाँचौं स्थानमा छ । यस बर्ष सनराइजर्सको ब्राण्ड भ्यालु १९.४ प्रतिशतले बढेको छ ।
त्यस्तै दिल्ली क्यापिटल्सको ब्राण्ड भ्यालु १५० मिलियन डलर पुगेको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै यस बर्ष दिल्लीको ब्राण्ड भ्यालु १४.५ प्रतिशतले बढेको छ ।
त्यसैगरी राजस्थान रोयल्सको ब्राण्ड भ्यालु १४७ मिलियन डलर पुगेको छ र यस सूचीमा सातौं स्थानमा रहेको छ । राजस्थानको यस बर्ष ब्राण्ड भ्यालु १६ प्रतिसतले बढेको छ । त्यस्तै गुजरात टाइटन्सको यस बर्ष ब्राण्ड भ्यालु १४५ मिलियन डलर पुगेको छ र आठौ स्थानमा रहेको छ । यस बर्ष गुजरातको ब्राण्ड भ्यालु १४.४ प्रतिसतले बढेको छ ।
त्यसैगरी यस सिजनमा फाइनलमा पुगेको पञ्जाब किंग्सको ब्राण्ड भ्यालु १४१ मिलियन डलर पुगेको छ । हाल नवौं स्थानमा रहेको पञ्जावको यस बर्ष ३९.६ प्रतिशतले ब्राण्ड भ्यालु बढेको छ । त्यसैगरी लखनउ सुपर जाइन्टको ब्राण्ड भ्यालु १२८ मिलियन डलर पुगेको छ । दशौ स्थानमा रहेको लखनउको यस बर्ष ब्राण्ड भ्यालु १३ प्रतिशतले बढेको छ ।
pratikshya
प्रकाशित: २६ असार २०८२, बिहीबार १२:३६
साफ यू–२० महिला फुटबलको उपाधि बंगलादेशलाई, नेपाल ४–० ले पराजित

बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
