
काठमाडौँ । गण्डकी प्रदेशको भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले ६ करोड २६ लाख ९३ हजार १२९ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
शर्मा नियुक्ति भएको २०५४ देखि २०८० सम्म जाँच अवधिमा तीन करोड ३९ लाख ८७ हजार ४९० आर्जन गरेको देखिएको उल्लेख गर्दै अख्तियारले सो अवधिमा उनले ९ करोड ६७ लाख ८० हजार ६२० खर्च तथा लगानी गरेको पाइएको उल्लेख गरेको छ । अख्तियारले सरो नखुलेको ६ करोड २६ लाख ९३ हजार १२९ बराबरको बिगो कायम गरि मुद्धा दायर गरेको जानकारी दिएको छ ।
Sudina Shrestha
प्रकाशित: २६ असार २०८२, बिहीबार ०८:५२
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
