काठमाडौँ । गण्डकी प्रदेशको भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले ६ करोड २६ लाख ९३ हजार १२९ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
शर्मा नियुक्ति भएको २०५४ देखि २०८० सम्म जाँच अवधिमा तीन करोड ३९ लाख ८७ हजार ४९० आर्जन गरेको देखिएको उल्लेख गर्दै अख्तियारले सो अवधिमा उनले ९ करोड ६७ लाख ८० हजार ६२० खर्च तथा लगानी गरेको पाइएको उल्लेख गरेको छ । अख्तियारले सरो नखुलेको ६ करोड २६ लाख ९३ हजार १२९ बराबरको बिगो कायम गरि मुद्धा दायर गरेको जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
