काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा अमेरिका गएर रवि लामिछाने उतैको नागरिक कसरी बने भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै रवि लामिछाने भिजिट भिसामा गएर अमेरिकाको नागरिक बन्न पाइन्छ की पाइदैन भन्दै प्रश्न गरेका हुन् ।
साथै मन्त्री लेखकले यो विषय आफुले सुनेको कुरा भएकाले यस विषयमा स्पष्ट जानकारी दिएर मात्र अरु विषयमा चर्चा गर्न आग्रह गरेका छन् ।
उनले भने- ‘मैले एउटा कुरा सुनेको छु । त्यो विषय के हो भने, रवि लामिछाने कुनै समय अमेरिकामा भिजिट भिसाको रुपमा जानु भएको थियो भन्ने मैले सुनेको छु । मैले जान्न खोजेको उहाँ भिजिटरको रुपमा अमेरिका जानु भएको हो की होइन ? यदि भिजिट भिसामा अमेरिका जानु भएको होइन भने के भिसामा जानु भएको हो, त्यो जानकारी गराइदिनु अनुरोध गर्दछु । यदि भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यस देशको नागरिक बन्न पाइन्छ की पाइदैन । त्यो भिजिट भिसाको दुरुपयोग हो की होइन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउन हुन्छ की हुदैन । नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने आफूबाट प्रारम्भ गर्ने हो ।’
गृहमन्त्री लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणको बारेमा रास्वपाले अनावश्यक टिप्पणी गरेको भन्दै विषयलाई मर्यादित ढंगले प्रस्तुत गर्नुपर्ने बताए । उनले कल्पना र अनुमानको भरमा असत्यका पुलिन्दा बोकेर कहि पुग्न नसकिने समेत बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
