
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा अमेरिका गएर रवि लामिछाने उतैको नागरिक कसरी बने भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै रवि लामिछाने भिजिट भिसामा गएर अमेरिकाको नागरिक बन्न पाइन्छ की पाइदैन भन्दै प्रश्न गरेका हुन् ।
साथै मन्त्री लेखकले यो विषय आफुले सुनेको कुरा भएकाले यस विषयमा स्पष्ट जानकारी दिएर मात्र अरु विषयमा चर्चा गर्न आग्रह गरेका छन् ।
उनले भने- ‘मैले एउटा कुरा सुनेको छु । त्यो विषय के हो भने, रवि लामिछाने कुनै समय अमेरिकामा भिजिट भिसाको रुपमा जानु भएको थियो भन्ने मैले सुनेको छु । मैले जान्न खोजेको उहाँ भिजिटरको रुपमा अमेरिका जानु भएको हो की होइन ? यदि भिजिट भिसामा अमेरिका जानु भएको होइन भने के भिसामा जानु भएको हो, त्यो जानकारी गराइदिनु अनुरोध गर्दछु । यदि भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यस देशको नागरिक बन्न पाइन्छ की पाइदैन । त्यो भिजिट भिसाको दुरुपयोग हो की होइन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउन हुन्छ की हुदैन । नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने आफूबाट प्रारम्भ गर्ने हो ।’
गृहमन्त्री लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणको बारेमा रास्वपाले अनावश्यक टिप्पणी गरेको भन्दै विषयलाई मर्यादित ढंगले प्रस्तुत गर्नुपर्ने बताए । उनले कल्पना र अनुमानको भरमा असत्यका पुलिन्दा बोकेर कहि पुग्न नसकिने समेत बताए ।
pratikshya
प्रकाशित: २५ असार २०८२, बुधबार १४:५७
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
