
काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई संसदमा जथाभावी नबोल्न चेतावनी दिएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले संसद अफवाह फैलाउने र गलत प्रचार गर्ने थलो नभएको बताउदै गौतमलाई संसदमा जथाभावी नबोल्न चेतावनी दिएकी हुन् ।
सांसद बरालले भनेकी छन्- ‘यो संसद अफवाह फैलाउने, गलत प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफु बाहिरिने कुनै कुराको धैर्यतापुर्वक सुन्न नसक्ने ठाउ होइन । तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेषसँग मात्र होइन राष्ट्रको कार्यकारी प्रमुखको हिसाबले गएको हुन्छ । पटकपटक टिप्पणी गरिएका माननीयलाई प्रश्न गर्न चाहन्छु, भाषाको ज्ञान र परिभाषाको ज्ञान तपाईंलाई सिकाउन पर्यो भने हामी तयार छौं । तर, बोल्दा हेक्का पुर्याएर बोल्न म चुनौती पनि दिन चाहन्छु ।’
उनले प्रधानमन्त्रीले राष्ट्रको गौरव बढाएर आइरहदा उहाँहरुलाई किन छटपटी भयो ? भन्दै प्रश्न गरेकी छन् ।
उनले भनेकी छन्- ‘एउटा प्लेन भित्र चढेका सबै यात्रुको जिम्मा नेपाल सरकारले यात्रुको रुपमा लिन सक्ला तर प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरी पनि हामि प्रमाणसहित दिन तयार छौं । तर देशको राष्ट्र प्रमुखले एउटा कार्यक्रममा गएर राष्ट्रको गौरव बढाएर आइरहदा उहाहरुलाई किन छटपटी भयो म प्रश्न गर्न चाहन्छु । तपाइँहरुको राष्ट्रप्रेम हामीले पटक पटक घटनाक्रम र तथ्य तथ्यांकबाट देखिसकेका छौं । नेकपा एमाले मात्र होइन, सिंगो नेपाली जनताले राष्ट्रप्रतिको यो गौरवलाई राष्ट्रप्रतिको गौरवसँग जोडिएको प्रधानमन्त्रीको भ्रमणबाट भएका उपलब्धिलाई गौरवपूर्ण क्षणको रुपमा स्थापित गरिरहदा यति धेरै छटपटाहट सदनमा आएर किन भएको हो यो प्रश्नको जवाफ माग्न चाहन्छु । आगामी दिनमा यस्ता गल्तिहरु नदोहोर्याउन पनि चुनौती दिन चाहन्छु ।’
रास्वपा सांसद गौतमले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएको स्पष्ट गर्दै सो कार्यक्रममा धेरै मानिस गएको बताउदै उनीहरु नफर्किएको बताएकी हुन् ।
उनले भनेकी छन्- ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् ।’
pratikshya
प्रकाशित: २५ असार २०८२, बुधबार १४:५०
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
